एएमएल/सीएफटी नीति सारांश
रिलायन्स फाइनान्स लिमिटेड सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण ऐन, २०६४, नेपाल राष्ट्र बैंकका निर्देशिका र FATF मापदण्डहरूको पूर्ण पालना गर्न प्रतिबद्ध छ।
ग्राहक पहिचान तथा देय जाँच (CDD / KYC)
- खाता खोल्दा अनिवार्य ग्राहक पहिचान (KYC) प्रमाणीकरण
- नागरिकता, पासपोर्ट वा सरकारी परिचयपत्र मार्फत पहिचान प्रमाणीकरण
- ठेगाना, आयस्रोत र कारोबारको उद्देश्य घोषणा
- उच्च जोखिम भएका ग्राहक तथा ठूला कारोबारहरूको विशेष निगरानी (EDD)
शंकास्पद कारोबार रिपोर्टिङ
कानूनी प्रावधान बमोजिम शंकास्पद कारोबारहरू वित्तीय जानकारी इकाई (FIU-Nepal) समक्ष प्रतिवेदन गरिन्छ।