रिलायन्स फाइनान्स लिमिटेड नेपाल राष्ट्र बैंकको उपभोक्ता संरक्षण निर्देशिका र प्रचलित कानून बमोजिम सबै ग्राहकहरूलाई निष्पक्ष, पारदर्शी र सम्मानजनक सेवा प्रदान गर्न प्रतिबद्ध छ।
ग्राहकका अधिकारहरू
- न्यायोचित व्यवहारको अधिकार: कुनै भेदभाव बिना समान र सम्मानजनक सेवा।
- पारदर्शिताको अधिकार: सेवा शुल्क, ब्याजदर र सर्तहरू सम्बन्धी स्पष्ट पूर्वजानकारी।
- गोपनीयता तथा डेटा संरक्षणको अधिकार: व्यक्तिगत र वित्तीय विवरणको सुरक्षित संरक्षण।
- गुनासो सुनुवाइको अधिकार: उजुरी दर्ता गर्ने र समयमै समाधान पाउने अधिकार।
गुनासो समाधान प्रक्रिया
- सम्बन्धित शाखा प्रबन्धक वा ग्राहक सेवा कक्षमा सम्पर्क गर्नुहोस्।
- प्रधान कार्यालय, वेबसाइट पोर्टल वा
feedback@reliancenepal.com.np मार्फत लिखित गुनासो पठाउनुहोस्।
- तोकिएको गुनासो सुन्ने अधिकारी समक्ष निवेदन दिनुहोस्।
- सन्तुष्ट नभएमा नेपाल राष्ट्र बैंकको गुनासो पोर्टल gunaso.nrb.org.np मा उजुरी गर्न सकिनेछ।