नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लगातार १० वर्ष वा सोभन्दा बढी समयदेखि ग्राहकद्वारा कुनै पनि कारोबार नभएको खाताहरूलाई निष्क्रिय खाताको रूपमा वर्गीकरण गरिन्छ।
निष्क्रिय खाता पुनः सक्रिय गर्ने प्रक्रिया
- खाता रहेको शाखा कार्यालयमा लिखित निवेदन सहित उपस्थित हुनुहोस्।
- सक्कल नागरिकता / राष्ट्रिय परिचयपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो पेश गर्नुहोस्।
- शाखा काउन्टरमा अद्यावधिक ग्राहक पहिचान (KYC) विवरण पूरा गर्नुहोस्।